हिमताल
साहित्यको सुन्दर हिमताल
Total Pageviews
Wednesday, September 11, 2013
संघर्षबोध
'आजकल मलाई मनपर्छ
मेरो पसिना गन्ध
र यो माटोको बास्ना ।
फूलमायाको वनगीत
र श्रीमतीको किचकिच
दुवै मनपर्छ ।
मैले पहिले किन छोडेर हिंडे पूर्खाको गोरेटो ,पधेंरो र गोठ ?......कविता लेखे जस्तो गरियो धेरैपछि ।
मेरो पसिना गन्ध
र यो माटोको बास्ना ।
फूलमायाको वनगीत
र श्रीमतीको किचकिच
दुवै मनपर्छ ।
मैले पहिले किन छोडेर हिंडे पूर्खाको गोरेटो ,पधेंरो र गोठ ?......कविता लेखे जस्तो गरियो धेरैपछि ।
Wednesday, May 22, 2013
सहर - ३
तनावको दलदलमा भासिए पनि
सहरले निलेको छ मान्छे ।
सम्झेर सुदूर गाँउ -
हिँडिरहेछ सपनाहरुको उही पुरानै बाटो ।
सधैं तातो उच्छ्वास निस्कन्छ
यो चिसो डेराबाट -
यै ज्यानको तातो हिटरले
कहिलेसम्म न्यानो बनाइरहने
यो अध्याँरो गुफा ?
जीवन आफै तेल ,बाती र दियो हो
जोगाउँनु छ यस्लाई भोक र अभावको हुरी वर्षातबाट ।
संघर्ष र पीडाका असंख्य इँटहरुले पनि
कहिले आकार लिदैनन् सुखको यहाँ ।
Subscribe to:
Posts (Atom)