Total Pageviews

Monday, July 19, 2010

एउटा अर्को अपूर्ण कविता

साक्षर मान्छे
मात्र पढ्न सक्छ - अक्षरहरु
मिलाउन सक्छ ऊ
हिसाबका जोड घटाउहरु
तर बुझ्न किमार्थ सक्तैन
अव्यक्त भावहरु
न त लथालिंग जीवनको जोड घटाउ
मिलाउन सक्छ कलमले
मान्छे जब फेर्न भ्याउँछ नयाँ लुगाहरु
विस्तारै घृणा गर्छआफूलाई इज्जत र न्यानो दिएको
पुरानो लुगा,
स्वार्थको पराकाष्ठा हो मान्छे
ऊ आफू बाँच्नका लागिअरुका आँसुहरु तन्तनी पीउँछ
र बनाउँछ घृणाका पर्खालहरु ।

No comments:

Post a Comment