Total Pageviews

Thursday, November 23, 2017





झुटको बाटो कति छोटो
आफनो आत्मासँगै फाँटो
सत्य हुन्छ कठिन लामो
हिंड्छु एक्लै हुलको साँटो
जीवन भन्नु यात्रा भन्छन्
सुख दु:ख साथी बन्छन्
अँधेरो लाई हराउँन
कति दिप जल्ने गर्छन्
तेरो मेरो भन्दा भन्दै
आफै उडी जाने धुँवा बन्छन् .....23november2017Macau

Wednesday, September 11, 2013

संघर्षबोध

'आजकल मलाई मनपर्छ 
मेरो पसिना गन्ध 
र यो माटोको बास्ना ।
फूलमायाको वनगीत
र श्रीमतीको किचकिच
दुवै मनपर्छ ।
मैले पहिले किन छोडेर हिंडे 
पूर्खाको गोरेटो ,पधेंरो र गोठ ?......कविता लेखे जस्तो गरियो धेरैपछि ।

Wednesday, May 22, 2013

सहर - ३


तनावको दलदलमा भासिए पनि
सहरले निलेको छ मान्छे ।
सम्झेर सुदूर गाँउ -
हिँडिरहेछ सपनाहरुको उही पुरानै बाटो ।
सधैं तातो उच्छ्वास निस्कन्छ
यो चिसो डेराबाट -
यै ज्यानको तातो हिटरले
कहिलेसम्म न्यानो बनाइरहने
यो अध्याँरो गुफा ?
जीवन आफै तेल ,बाती र दियो हो 
जोगाउँनु छ यस्लाई भोक र अभावको हुरी वर्षातबाट ।
संघर्ष र पीडाका असंख्य इँटहरुले पनि
कहिले आकार लिदैनन् सुखको यहाँ ।