Total Pageviews

Tuesday, September 1, 2009

लोरिया !

लोरिया !
हामी यायावर नै त हौं
यो जगतमा ,
तिमी र म जन्मेको भूगोलको सीमा फरक भो
तर जिजीबिषाको एउटै रुप छ ,

अन्तर्कथाहरु मात्र फरक छन्
हामीले छोडेर हिंडेका छौं -
आ-आफ्नो घर ,गल्ली र देश
पराई भूमिको यो जीवन नियती भोग्न !
हाँस्यौं कति आफ्ना पीडा र बाध्यतालाई लुकाएर
रोयौं होला एकान्तमा कति
आँसुहरु दबाएर ,
लोरिया !
मैले सुनें -
तिमी आफ्नै मृत्युको खबर सुनेर
छट्पटाएको कुरा !
कसरी सह्यौ होली यो सब !
सुखमा त क्यान्सर लागेको जन्मदेखि नै हो
अब शरीरमा चढेछ
म स्तब्ध भएँ
र , तिम्रा बाँकी सपनाहरुसँग
धेरैबेर दुखीरहें ,
लोरिया !
मृत्युको बादलले जीवन घेर्यो
यो अस्वाभाविक मृत्युको कुरा!
किन बताउँछ विज्ञान ?
यो अकाट्य सत्य

तिमीले अर्कै रुपमा पायौ
हाँसो र मुस्कानको प्रकाशले
छोप्नु त्यस्लाई ,
बाँच्नु प्रत्येक दिन
जसरी बाँच्दछ
आफ्नो ऋतुकालमा गुलाब
सुन्दरता छरेर ....

(यो कविता कृष्ण थापा जीको 'रीत' मा डुब्नु र तैरनुको भाव हो ।जहाँ लोरिया(उहाँको फिलिपिनी
साथीलाई क्यान्सर भएको छ)ऊ जीवनको तीतो सत्य मृत्यु'लाई अगाल्न बाध्य छे ।जस्लाई अझैं
कति बाँच्नु छ भ्रमात्मक हाँसो लिएर यतै संसारिक मोहमा....)

No comments:

Post a Comment