Total Pageviews

Tuesday, June 30, 2009

समय र भाग्य

हिजो जस्तै लाग्छ -
धुँलै धुँलोको हातगुडा लिएर
आमा अघि
निर्दोष उभ्भिएका क्षणहरु ,
भोक भुलेर अबेर सम्म
साथीहरु सँग खेल्दै रमाएका क्षणहरु
र, सरले गुणा नमिल्दा
डण्डा हानेका क्षणहरु ,
आज कति छिट्टै समयले
खोसेर लगेछ ती क्षणहरु
र बनाएछ भाग्यको गुलाम -
यो प्रदेशी ठिटो !

1 comment:

  1. प्रवाश जी,हामी सबै समयको दासी हौ।समय,जसलाई न त बाँधेर राख्न सकिन्छ,न त रोकेर रोक्न नै....जसलाई स्वीकार्नु नै हाम्रो कर्तव्य हो।

    ReplyDelete