Total Pageviews

Tuesday, June 30, 2009

घोडा

हामीले घोडचढीहरुबाट
बडो मुश्किलले खोस्यौं
कालो घोडा
र , त्यो घोडा तिमीहरुलाई सुम्प्यौं
लगाम सुम्प्यौं
गन्तव्य हिंड्ने घोडेटाहरु दियौं
गोरेटाहरु दियौं
आशा दियौं / विश्वास दियौं
र दियौं शाहास ,
त्यो घोडा चढे पछि दम्भ बढ्यो
र सोच्न थाल्यौ -
त्यो घोडालाई आफ्नै इच्छाका घोडेटाहरुमा कुदाउँछु
गोरेटाहरुमा दौडाउँछु
जङ्घार तार्छु ,
कुदायौ र लड्यौ
घोडा चढ्नेहरु लड्छन् र त सिक्छन्
तर सिक्नु अघि नै हार मान्यौ
र फिर्ता गर्यौ
त्यो हाम्रो घोडा
ती पुरानै घोडचढीहरुलाई
जस्बाट जितेका थियौं
खोसेका थियौं -
त्यो कालो घोडा ।

No comments:

Post a Comment