Total Pageviews

Saturday, May 30, 2009

देश र बुद्ध


जहाँ प्रश्नपत्र किनेर
तक्मा भिर्छ धनाढ्य विधार्थी
र, गरीब छात्रले च्याँत्ने गर्छ
आफ्नो इमानको सर्टिफिकेट ,
जहाँ अजङ्गको पहाड जस्तो जिन्दगी
र, आँधिहुरीको गीत झैं जीवन ठानेर
बसन्तपुरको दरबारबाट हामफाल्छे
पिठ्यूँको बालक सँगै आमा ,
जहाँ सधैं नयाँ हत्याको खोजमा हुन्छन् -
राजनीतिक शरण पाएका गुण्डाहरु ,
जहाँ सम्पूर्ण मोह र लोभहरु त्यागेर
प्रजाको भोक् ,रोग र शोकको कारण खोज्न
दरबारबाट निस्केको बुद्ध -
लाचार फर्कन्छ हाम्रो दैलोमा
जहाँ घर घरमा बनिसके बारुद कारखाना,
जहाँ आफ्नो मिर्गौला बेचेर तिर्नुपर्छ
हर छोराहरुले बाबुको रक्सी र जुवाको ऋण ।

1 comment:

  1. सर, तपाईका यि साहित्यिक रचनाले सधै साहित्यको मिठास पाइरहोस मेरो शुभ-कामना यहालाई

    ReplyDelete