Total Pageviews

Thursday, August 13, 2009

मान्छे ( लघु कविता - ७ )

मान्छे कवि हो -
सोच् मग्न हुन्छ
आफू अघि उभ्भिएको
पहाड जस्तै ,
मान्छे आदिम कृषक हो -
सपनाहरुको खेती गर्छ
र उब्ज्याउँछ रङ्गीन सपनाहरु
इन्द्रेणी जस्तै ,
मान्छे खोज हो -
डुबेको सूर्यलाई
फेरि कोठामा बाल्छ
सिलीङ्को चिम जस्तै ,
मान्छे तागत हो -
जुध्छ संघर्षहरु सँग
हिंस्रक बाग जस्तै ,
मान्छे चाहना हो -
मनका बोझिल दु:खहरुबाट
मुक्ति खोज्छ
पिंजडाको सुगा जस्तै ,
मान्छे सबै थोक हो र केही होईन -
जलेर जाने
दुईमुठी खरानी जस्तै ।

No comments:

Post a Comment