Total Pageviews

Wednesday, October 7, 2009

दुई छोटा कविता

(कविता एक)

मन भित्र नभेटेको
रमाईलो शहर खोज्न तिमी
सिमेन्टेड शहर भित्र छिर्यौ
र, सिक्यौ कृतिम हाँसो हाँस्न
कृतिम सुख किन्न
र कृतिम फूलको बास्ना लिन,
जसरी भूलबस्
फूलको खोजमा निस्केको माहुरी
पस्छ बगैंचा सम्झी
कुनै कृतिम फूलहरु बनाउँने
कारखाना भित्र-
र थुनिन्छ मृत्यु पर्यन्त ।

(कविता दुई)

मान्छे पाल्दैन
आफ्नो बगैंचामा
कुनै विषालु सर्प
तर लुकेर कतै
डस्छ त्यस्ले -
खेल्दै रमाईरहेका उस्का प्यारा
बालक सपनाहरुलाई।

No comments:

Post a Comment