Total Pageviews

Sunday, May 29, 2011

भेन्टिलेटरमा देश!

जेठ १४ गते अर्थात
यो देशको अप्रिल फुल
आफ्नो आँगनमा फलेको हलुवावेद झैं
संविधानका सपनाहरु बाँडेर हामीलाई
कमरेडहरु निदाइरहे
महङ्गा पलङ्हरुमा
र भरिरहे अन्तराष्ट्रिय उडानहरु
राष्ट्रिय उडानको महँगीमा
छट्पटाइरहयो कर्णाली ब्लुज....
६२/६३को आन्दोलन,सहिदका सपनाहरु
सत्ताका सिंढीहरु बने कुलाङ्गारहरुलाई ।
राष्ट्रिय झण्डा फेर्नुपर्छ भन्ने
नयाँ कार्लमार्क्स पनि जन्मे
र जन्मे जातिय राज्यका पक्षपोषक गोमनहरु
रोग,भोक र सोकको अनन्त
चक्रव्यूँहमा अल्झिरहयो राष्ट्रिय विकास योजना,
अन्तरिम संविधानको
भेन्टिलेटरमा राखेर देश
डक्टरहरु/नर्सहरु हिंडे आ-आफ्नै घरतिर
र भुले श्रीमतीको नयाँ रेसिपीमा देश ।
यो देशका निरीह जनता अर्थात हामी
प्रतीक्षामा चिन्तित रहिरहयौं
नयाँ जीवन लिएर उठेको देश हेर्न ।
 (अब भदौ १४ लाई पनि अप्रिल फुल नै बनाउने निश्चित प्राय: भैसकेको छ ।हेरौं कुलाङ्गारहरुले देशलाई कता लग्छन् ,जनताले नै लगाम लगाउँनुपर्ने कुदिन नआओस् कामना गर्नु सिवाय के नै गर्न सकौंला अहिलेलाई !!)

No comments:

Post a Comment