Total Pageviews

Sunday, May 31, 2009

प्रदेशतिर बाट .....

यो कहाली लाग्दो बिदेशी बसाँई
खै ! कसरी लेखूँ तिमीलाई
यादका पहाडहरुले थिच्छन्
प्रियम्बदा!
तिम्रो सम्झनाले त झन् मुटु नै छेड्छ -
रक्ताम्य मुटु लिएर पनि बाच्न सकिँदोरहेछ
म अनुभव साँटिरहेछु,
सिग्रेटको धुँवाले पनि घटाँउदैन पीडा
रमका पेगहरुले पनि भुलाँउदैन पीडा
मसंग आजकल नीद पनि हुदैन
र सपनाहरु पनि...
म रित्तो मान्छे बनेर पनि
सम्पन्नताको भ्रम दिइरहेछु
समयलाई / समाजलाई,
प्रियम्बदा !
थाहा छैन-
तिम्रो, मेरो र हाम्री छोरीको सपनाको घर
म कुन पीडाका इँटहरुले बनाउंदैछु.... ?

No comments:

Post a Comment