Total Pageviews

Sunday, May 31, 2009

सहर

सधैं सपनाहरु
र केही आशाहरु बीच
सडक, पेटी
र गल्लीहरु भौतारीरहने
कुनै बेरोजगार युवकको
लामो सुस्केरा हो सहर!
संघर्ष र तनावहरु सँगै -
सधैं साँझका गिलासहरुमा
आफूलाई रीत्ताउँन खोज्नुको
रहर हो सहर!
सौख,शोक, भोक,रोग
र फोहोरको असन हो सहर!
जहाँ इमान्दारीताको कुनै मूल्य छैन
जहाँ मानवता
शून्य शून्य प्राय: छ
मान्छेहरुका आस्थामा नअँटेको-
जिर्ण मन्दिर छेउ
मृत्यु पर्खिरहेका बूढाबूढीहरुको-
अत्यास लाग्दा दिनहरु
र,
सभ्यताको गीतमा झुमिरहेका
युवा पिँढीको को सबुत हो सहर!
आश्वासनले मात्र सरकार चल्ने
मेलम्चीको प्यास हो सहर।

1 comment:

  1. झुटा आश्वासन लिएर सरकार चलाउने भ्रष्ट नेताहरु र देश द्रोह मा हिड्ने बेरोजगारि युवाको नकरात्मक भविष्य भएको पुष्टि गर्छ कबिता। तपाईमा एउटा आत्माविश्वास र लगनशिलता छ। यस्ले सार्थक्ता पाओस मेरो शुभ-कामना

    ReplyDelete