Total Pageviews

Friday, June 5, 2009

शान्तिको मृत्यु रोज्नेहरु

हिर्काउँनुमा पनि मजा छ
शव्दले ,शक्तिले -
जवसम्म मृतक घोषित हुँदैन शत्रु!
तवसम्म हिर्काउँनुमा मजा छ ,
बातले ,लातले , लाँठीले
यो पनि रीसको आफ्नो अभिव्यक्ति हो
शक्तिको आफ्नो अभिव्यक्ति हो ,
बाँधेर या लखेटेर जसरी हिर्काय पनि
हिर्काउँनेहरुलाई आनन्द हुन्छ हिर्काउँनुमा
ढाँडमा , नलीहाडमा, कोखमा ,टाउकोमा,
छातीमा, अनुहारमा - जताततै
जवसम्म शरीरभरि नीला डाँमहरु बस्तैनन् ,
जवसम्म रगतले लत्पतिदैन जमिन
वा जवसम्म गल्दैन स्वयं मुक्केवाज!
तवसम्म हिर्काउँनु उस्को सौख हुन्छ
धुकधुकी रहेसम्म /शास रहेसम्म
मृत्यु घोषित नभए सम्म
वा आफू विजयी नभए सम्म
हिर्काउँनु उस्को विरोध हो /
विवेक हो/ विलास हो
आफ्नो अभिष्ट पूरा गर्नकालागि,
कुर्सीकालागि ,सत्ताकालागि -
शान्तिको मृत्यु केही होइन,
हिर्काउँनुमा पनि मजा छ
छलले, बलले -
जवसम्म मृतक घोषित हुँदैन शान्ति!

No comments:

Post a Comment