ऊ
देश ,समाज
र जीवनका कुरा गर्छ
उस्लाई थाहा छ -
भोकको पीडा
हिंड्छ सधैं
फुङ्ग धूँलो उड्ने सडक छेउ
सोच्छ -
जीवन प्रतिको मोह ,
प्रेम र वासनाको फरक
जिउँनु भन्दा
ठूलो कुरा अरु केही छ?
अठ्याउँछन् अभावका हात्तीहरुले
तर्साउँछन् समाजका पिचासहरुले
मात्र ऊ खोज्छ भाग्न यी सबबाट ,
तर के सहज छ
परिस्थितिदेखि भाग्न कतै?
No comments:
Post a Comment