Total Pageviews

Tuesday, June 30, 2009

क्याक्टस रोप्नेहरु !

मान्यौं -
तिमीहरु कम्यूनिष्ट हौ
खाँदैनौ ईश्वरका नाउँका शपथहरु,
जनताको बलिदानका नाउहरुमा
सयर गर्छौ -
उनीहरुकै पसिनाका नदिहरुमा ,
जोड्छौ भोका र निमुखाका लागि
सपनाका पुलहरु ,
यथार्थ यस्तो छ
तुँईनका डोरी खिच्ने तागत छैन -
बालक र बृद्धहरुमा ,
रोप्छौ क्रान्तिका बिजहरु
र , अंकुराउँछौ त्यसलाई
अनि सँप्रदै जान्छन्
ती जातियताका क्याक्टसहरु
र मर्दै जान्छन्
शान्तिका सयपत्री फूलहरु
याद गर !
क्रान्ति हाम्रो पूर्खाको वंशाणुगतगुण हो ,
जस्ले हामीलाई टेकेर
आफ्नो अभिष्ट मात्रपुरा गर्ने धृष्टता गर्छ
तीनिहरुका लागि फलामको सिरक बन्नेछौं
इतिहास यसरी नै कोरिएको छ
र , कोरिरहनेछ छ ।

No comments:

Post a Comment