Total Pageviews

Saturday, June 20, 2009

अतिक्रमण

रात छ र !
शुन्यता छ ,सन्नाटा छ
दिनभरि जुगा जस्तै
सल्बल्याउँने मान्छेहरु
पसेका छन्
आ - आफ्नै दुलाहरु भित्र ,
बस्ती सुतेको छ लमतन्न
र ,
जागेका छन्
नजिकैका ओडारहरुबाट
बाघ ,हुँडार र स्यालहरु
हराएको छ -
किसानको नीद
जबसम्म राम्ररी छेक्वार गर्न सक्तैनँ
उस्ले गोठ -
हराउँनेछन् उस्ले
आफू भन्दा बढीमाया गरेर पालेका
चौपायाँ र पंक्षीहरु ,
अनि यै रात सँगै पस्ने छन्
सलह जस्ता चोरहरु
उस्को घर भित्र पनि
खोतल्नेछन् सम्पूर्ण चिजहरु
र, लग्नेछन्
पूर्खाको रगतले कोरेको सुन्दर चित्र -
इतिहासको सन्दुक सँगै ।

No comments:

Post a Comment