Total Pageviews

Monday, August 3, 2009

फेसबूकसँगको मेरो संवाद - २

१.कस्तो सभ्यता भित्रायौं प्रजातन्त्र ,लोकतन्त्रको नाउँमा ???बन्द ,बन्द अनि बन्द । न त यिनीहरुलाई देश बनाउँनु छ । न देशको इज्जतको चिन्ता छ। माग्नेको देश ,भाडाका सिपाहीको देश मात्र बनाऔं यस्लाई ।भोलिका सन्ततीका लागि उचो शिर राख्ने काम नगरौँ । यस्तै बन्द र विनास हाम्रो पर्याय हो । ठिक बाँदर बन्यौं र देश नरिवल बन्यो यिनीहरुको हातको ।

15 June at 13:57 २००९ सन् , यूएई


२.आफ्नै देश भित्र भारतीय सशस्त्र सुरक्षा कर्मीहरुबाट जनता विस्थापित गर्नु , सीमा मिच्नु भनेको राज्यको उपहास गर्नु हो। अब नेपाली सेना ,सशस्त्र बल र माओवादी सेनालाई व्यारेकमा थुपार्ने र उफार्ने मात्र होइन व्यापक रुपमा सीमा सुरक्षार्थ खटाउँनु पर्छ। यत्ति बेला हामीलाई देशको सीमा दुखेको छ। सीमाबाँसीहरुलाई आज छुँदैछन् । एक गाँसबाटै शुरु गर्ने हो खान। देशै नरहे कुकुर बिरालोको यो झगडा , यो खेल कहाँ खेल्छौ ए! नेताहरु!

18 June at 16:04 २००९ सन् ,यूएई

३.धाइबा जी! यो काठमान्डौं छ नै यस्तो कहिले काही यस्ले बिरहको धून मात्र ओकल्छ । संघर्ष मात्रै प्रयाप्त हुँदैन यहाँ। मन खोज्छ आफ्नै जन्मथलो । जती बने यै खाल्डोमा मित्रहरु उनीहरुसँगको विछोडको डरले चटक्क छोड्न पनि सकिदैनँ ।यहाँ पनि छ सानो मायालु डेरा जस्ले संघर्षका आला दिनहरुमा ओत दिएको थियो।मन दुविधामा हुन्छ सधैं ।(धाइबा जीको काठमाण्डौं छोड्ने प्रसँग सँगै )

20 June at 14:21 २००९ सन् , यूएई


४.जीवन यस्तै छ , जसरी पनि चल्छ , जल्छ र फेरि निभ्छ। म खास् मा भावनाहरुको बैराग्य श्री पनि हूँ र यीनै भावनाहरुको सुन्दरलहरहरु वीच हराउँने अन्तर मनको यात्री पनि ।

20 June at 17:47 २००९ सन् , यूएई


५.मानवता हराउँदै जानुले समाज त्यस्तो निर्दयी र रुग्ण देखिदैछ ।बुद्धलाई मूर्तिमा मात्र चिन्नु र खोज्नुले यस्तो भएको हो ।

23 June at 20:43 २००९ सन् , यूएई


६.पढिरहेको छु नेपाली समाजको पाखण्ड खगेन्द्र संग्रौलाको स्मृतिकथा 'आमा र यम्दूतहरु' मा । गरुण पुराणलाई हिन्दू धर्मको अभिशप्त ग्रन्थका रुपमा नंगाउँनु लेखकको अभिप्राय देखिन्छ। धार्मिक परिमार्जनको आवाजको दस्तावेज हो यो।

25 June at 13:05२००९ सन्


७.हिजो जस्तै लाग्छ - धुँलै धुँलोको हातगुडा लिएर आमा अघि निर्दोष उभ्भिएका क्षणहरु , भोक भुलेर अबेर सम्म साथीहरु सँग खेल्दै रमाएका क्षणहरु र, सरले गुणा नमिल्दा डण्डा हानेका क्षणहरु ,आज कति छिट्टै समयले खोसेर लगेछ ती समयहरु र बनाएछ भाग्यको गुलाम - यो प्रदेशी ठिटो !!!

25 June at 17:38 २००९ सन्


८. देश तिमीहरुको क्याक्टस मात्र रोप्ने गमला होइन। न हो सत्ता नै तिमीहरुले बाँडिचुँडी खाने पक्वान् । जातियताका क्याक्टसहरु सप्रदैछन् । र , अहिले थप सिँचाई र उर्जा थपेका छौ तिमीहरुको पक्वान् फल्ने खेतहरुमा।( एमालेको नेतृत्वको सरकारले थप मन्त्रालय थपेकोमा रुष्ट बन्दै )

27 June at 14:47 २००९ सन्


९.सच्चा संगीत प्रेमी वा पाठक त्यो हो जस्ले स्रस्टाको परिश्रमको मुल्य तिरेर त्यसलाई सुन्छ र पढ्छ । STOP THE PIRACY !

28 June at 12:58 २००९ सन्

१०.सबै यी इन्टरनेट चलाएर अफिस वा शहर कै कुनै बन्द कोठाबाट शब्द साँट्न मै लिप्त छौं । सुखभोगको लिप्साले अझै कति मानसिक पीडा खेप्न बाँकी नै छ । बाउसो चलाउदा ठेला उठ्ने डर हुन्छ हातभरी र सबै पस्छौं कलमको खेती गर्न, विचारको खेती गर्न शहर तिर अनि रुन्चे अनुहार लगाउँछ बेरोजगार । पढेर शहर मै हराउँनु पर्छ भन्ने मान्यता कति गलत छ। विदेशको सिकार त हामी छदैछौं ।

29 June at 17:47 २००९ सन्


११.दिन भर गफ चुटेर बसे पनि ,भट्टी भित्र छुटे पनि केही बिग्रदैन ,केही छुट्दैन हामी बेरोजगार मात्र हौं भनिरहेछौं । घर घर तरकारी पुर्याइरहेछ विहारी बन्धु र ढाका कपडा बेचिरहेछन् असन भरि माँडे साहूहरु । जय नेपाल !

30 June at 13:49 २००९ सन्

१२.यी अन्तस्करणका सामुन्द्रिक छालहरु सँगै सम्झनाका जहाजहरु चडेर आईरहेछ कोही भेट्न मलाई र म पर्खिरहेछु यो मायाको बन्दरगाहामा....... उसैलाई।

03 July at 15:18 २००९ सन्

१३. कहाँ गयो
त्यो लेकबेंसी सुसेल्दै डुल्ने ठिटो ?
आफ्नो गाउँलाई मुटुभित्र
साँची हिंड्ने ठिटो ?
अरबको तातो बालुवामा रोप्दै होला

पसिनाको असार !
03 July at 16:10 २००९ सन्


१४.खेतबारीमा असार रोप ! मनबारीमा माया....जीवन भन्नु यस्तै रैछ दुई दिने घाम छाँया!

03 July at 23:35 २००९ सन्


१५.तिमीले मेरा लागि सबै गर्यौ र , गर्यौ सबै भन्दा राम्रो परिक्षण मेरो - घटायौ क्रमश:अंकहरु मेरो जिन्दगीको र अनुर्तिण बनाइदियौ यस्लाई तिम्रो मायाबाट ।

04 July at 15:18२००९ सन्


१६.आउनुहोस् हामी जातिय विभेदको अन्त्यका लागि सिंहनाद गरौं । ( नेल्सन मण्डेलाको आत्मकथा पढ्दै गर्दा यस्तो सिंहनाद गर्न पन लाग्यो आफ्नै देशमा पनि )

04 July at 15:27 २००९ सन्

१७.खै! को पो आउँला माया बोकेर यो झुपडी तिर !सपनाका आफ्ना महलहरु त्याँगेर....!

04 July at 23:15 २००९ सन्


१८.म यो कालो समयसँग प्रश्न गर्दैछु 'किन सधैँ हत्या गर्छस् सपनाहरुको मेरो ?'

05 July at 14:03 २००९ सन्

१९.शारीरिक सम्बन्ध धनिहरुका लागि सौख र गरिबहरुका लागि प्राकृतिक नियमको पालना मात्र हो ।

05 July at 14:21 २००९ सन्


२०. लेख्छ ऊ आफ्ना सौखका बल्याकबोर्डमा भयानक दैत्य कथा र फ्याँक्छ डस्पिनको भिरमा ती चकका टुक्राहरु जस्ता उस्को शरिर......( ख्याती श्रेष्ठको निर्मम हत्याबारे )


05 July at 16:44 २००९ सन् ,यूएई

२१.खै ! के दियौ र ? सबै लियौ ....माया माया भन्दै यो ज्यान् लियौ ।

24 July at 15:34 २००९ सन्


No comments:

Post a Comment