१. कोही मेरा शव्दभावसँग पनि प्रेम गर्न डराईरहेछन् । कस्तो बन्धन ? कि घृणाको विष वृक्ष झाँङ्गिदैछ त्यहाँ ?(२८ जुलाई२००९)
२. मायाको परिक्षा दिदैछौ कहाँबाट चोर्छौ आत्मीक चीटहरु र उतीर्ण हुन्छौ यस्मा ?(२८जुलाई२००९)
३.तिम्रो कल्पनाले मेरो तातो कफी हिउँ बन्यो...।ईष् र्याका झिंगाहरु भन्किरहेछन् यस्मा !(२८जुलाई२००९)
४.प्रियम्वदा ! तिम्रो अनुपस्थितिमा मेरो जीवन पट्टयार लाग्दो छ / अभागी छ / अप्रिय छ ।यहाँ टाढिनुको अनुभव धेरै भैसक्यो मलाई । सपनाहरु देख्दा देख्दा थाकिसकें म । आऊ ! अब पुग्यो मुटु दुखाउने खेल बन्द गरौं ।(२७ जुलाई२००९)
५.फेरि कतिले पोखे होलान् मनको गाग्रीबाट पानी जस्ता कविताहरु ।र ,त्यसले भिजे होलान् कति मनहरु...... !(२७जुलाई२००९)
६.मुटुभित्र हुनुपर्छ देश तिमीहरुका ओठमा पनि अँटेको छैन यो देश ।(उपराष्ट्रपतिको शपथका विषयमा ,२६जुलाई२००९)
७.यो एक्लो उदास कोठामा कोही आउँछ त बस् तिम्रा यादहरु छट्पटी बनेर..... ।July 22 at 8:07pm 2009
८.मलाई सम्झनामा बस्न देऊ - यो शहरमा तिम्रो सम्झनाको डेरा भन्दा प्यारो मेरा लागि अर्को न्यानो ठाउँ छैन ।July 20 at 1:13pm 2009
९.सपनाहरु वालुवाका घर झैं हुन् जो वच्पनमा जस्तै वयस्कमा बनाउँछौं हामी र त्यो सानो घातका हातहरुले छोईन्छन् र ढल्छन् अनि आवेगका लहरहरुले त्यस्लाई बगाउँछ ।July 20 at 12:35pm 2009·
१०." पार्टीका स-साना झण्डाहरु भित्र सहिदका विशाल सपनाहरु अँट्दैनन् , आऊ यी सबै झण्डाहरु बटुलेर बनाऔं एउटै राष्ट्रिय झण्डा र फरफराऔं त्यसलाई विकासका शिखरहरुबाट ।"July 18 at 2:40pm2009 ·
११.हामी पर्दाहरु भित्र थियौं र मायामा थियौं .......मुटु मुटु साँट्न के सकिन्थ्यो र ! सशरीर हामी मायामा थियौं .....July 15 at 11:34am2009 ·
१२.ईभाने! तिमीले किन्ने यी ब्रासलेटहरु भित्र
सम्झना हुनेछ यो देशको
र ,सुन्दरता हुनेछ ,
गरिबीका उदास तस्बिर हुनेछन्
अलिकती तिम्रो दया हुनेछ
तर मेरो स्वयम्भूको कसम
नेपाली माया हुनेछ
" अतिथीदेवो भव"
July 15 at 1:33am 2009
१३.ए ! गरिबको शहनलाई नलल्कार ! यो बारुद बनेर पड्कदा तिमीहरुको बस्ती पनि जल्ने छ मृत्युले याद गर !(जाजरकोट झाडापखलाको ढिलो उद्दार बारे )July 14 at 2:59pm2009 ·
१४.मधेसीहरुले हिन्दी भाषाको मान्यता पाउँने हो भने भारतिय बिस्तारवादले ठूलो फड्को मार्ने निस्चित प्राय: छ ।July 14 at 2:00pm2009 ·
१५.भानु तिम्रो घाँसीले काँटेको घाँस गोरुहरुले खाएर सके तिम्रो कुवाहरु बन्न सकेनन् दुर्गम बस्तीतिर । बटुवाहरु प्यासी नै हिंडिरहेछन् ।
July 13 at 2:56pm 2009·
१६.मेरो मुटु भन्दा प्यारो छ तिमीलाई त्यो मोतीको माला र प्लाष्टिकका कृतिम गुलाबहरु मात्र छन् तिम्रो कोठाको सजावटमा । भित्ता भरि हाँसिरहेछन् बलिवुड हस्तिहरु र पुरानो कामनाको कभर फोटोमा छ शिव श्रेष्ठ टेवलमुनि कतै र नयाँ मायापुरीका अंकहरु र स्टार म्यागजिन सजिएका छन् कलेजका पुस्तकहरु सँगै टेवल भरि ।July 12 at 3:19pm2009 ·
१७.किन मध्यरातमा उठेर कोर्छ ऊ अत्यास लाग्दा कथा ? र, किन साँट्छ किचकन्या रातसँग आफ्नो प्रेम ?July 11 at 6:12am2009
·
१८.जब सम्म दुर्गम बस्तीका दु:खहरुलाई आत्मसात् गर्न सक्दैनन् यी देशका ठेकेदारहरु समाज यीनै अत्यास लाग्दा दु:खहरुकै चक्रमा घुमिरहन्छ ।
July 11 at 4:50am · 2009
१९.जहाँ सिटामोल र एक पुरिया जीवनजलका लागि तड्पिएको छ दुर्गम बस्ती र हामीलाई थाहा छ आइस्क्रिम, वाइन र कक्टेलका अनेकौ फेलेवरहरु...... ।
July 8 at 4:51pm · 2009
२०.मुस्कान भन्दा सुन्दर वस्तु संसारमा अरु छैन।खुशीको अभिव्यक्ति दिने माध्यम हो मुस्कान।
June 10 at 5:22pm · 2009
२१.जती नै पाश्चात्य फेशनको अनुकरण गरे पनि सभ्यता त उही हो । आफ्नो आवारण मात्र सजाएर के गर्नु? पहिले शहरलाई हाम्रो फेशन सुहाउँदो गराऔं अनि फेशन गरौं ।
June 10 at 1:36pm ·2009
२२.सधैं मानसिक दासताको शिकार छौं हामी ।
June 9 at 12:24pm · 2009
२३.समानान्तर रुचीले अझ बढी हार्दिक बनाउँछ मित्रता।
June 5 at 3:34pm 2009
२४.जवसम्म शरीरभरि नीला डाँमहरु बस्तैनन् , जवसम्म रगतले लत्पतिदैन जमिन वा जवसम्म गल्दैन स्वयं मुक्केवाज! तवसम्म हिर्काउँनु उस्को सौख हुन्छ धुकधुकी रहेसम्म /शास रहेसम्म मृत्यु घोषित नभए सम्म वा आफू विजयी नभए सम्म हिर्काउँनु उस्को विरोध हो / विवेक हो/ विलास हो आफ्नो अभिष्ट पूरा गर्नकालागि, कुर्सीकालागि ,सत्ताकालागि - शान्तिको मृत्यु केही होइन ।(३जुन२००९)
२५."अन्तर्मनको यात्रा "आत्मालापको आठौं संस्करण अस्ति र हिजो 7/7 घण्टा पढेर सकें । मैले यत्ति ढीला यस्लाई पढ्नु लज्जास्पद त लाग्यो नै तर बर्षदिन अघी नै पढेको भए बर्षदिन अघी नै दुखी हुनुपर्दोरैछ । मैले यस्मा जगदीश घिमिरेज्यू लाई एउटा आदर्श पुरुषको रुपमा पाएको छु।र, त्यो भन्दा ठूलो नेपाली सुपुत्र जो साहित्य र समाजसँग औधी घुलमुलिएको छ। जस्ले सधैं आफू जन्मेको माटोलाई माया गर्छ र त्यस्प्रतिको आफ्नो सच्चा कर्तब्य भुल्दैन|
May 28 at 8:50pm · 2009
२६.धेरै हद सम्म मान्छेले भौतिक सुख सुविधा आफ्ना लागि भन्दा पनि अरुलाई देखाउँने आडम्वरले जोड्छ। यसैका लागि उस्ले आफ्नो पुरा जिन्दगी संघर्ष र तनाव सँगै ब्यथित गर्छ।
May 24 at 1:18pm 2009
२७.हामी सधैं आफ्नै घरको भोक ,गरिबी र दुर्दशाको तस्बिर उतार्ने कुशल फोटोग्राफर बन्छौं ,कवि बन्छौं ,कलाकार बन्छौं मात्रै।
May 22 at 11:43am · 2009
२८.चिट्ठीपत्र आउँन छोड्यो तर्कनाको तास काँटें , माया कस्तो हुन्छ कुन्नी ? एक्लै एक्लै निरश रात काँटें ।
May 19 at 11:53pm · 2009
२९.खै !कसरी बिर्सन्छन् मान्छेहरु आँफैले हिंडेका गोरेटाहरु बाँस बसेका झुपडीहरु अनि सँगै हिंडेको सहयात्री ।
May 18 at 8:29pm · 2009
३०. आजकल कविता कोर्ने लहर बन्द प्राय: छ । देशको विकास र कविताको विकास उस्तै उस्तै हो क्यारे! तीनै पुराना दिनका पुराना कविताहरु टाँस्यो बस्।
May 16 at 2:33pm · 2009
३१.मेरो एउटै कविताले मात्रै पनि सजिलै गर्न सक्छ तिम्रो मुटुसँगको बिद्रोह , मेरो एउटै गीतले मात्रै पनि सजिलै परास्त गर्न सक्छ - तिम्रो उन्मुक्त हाँसो तेसैले ख्याल गर ! मनको जहर पोख्दैछु म र , लेख्दैछु अन्त्यबिहिन हाम्रो अभिषाप्त प्रेम कहानि / र , बनाउँदैछु प्रेम बिद्रोहको अग्लो पहाड .....
May 16 at 1:21pm 2009
३२.मेरो मनको निर्जन टापूमा तिम्रो उपस्थितिको पदचाप - तिम्रो पाउजूको झन्कार कुनै मधुर संगीत बनेर म्रित अनुराग जगाइदिन्छ , मनको क्यानभासमा तिम्रो सजिब तस्बिर प्रणयको उन्माद बोकेर हाँस्छ , किन अन्तस्करण भरी भरी तिम्रो बाणी अबिरल प्रेम पुकार बोलिरहन्छ ?
May 15 at 10:25pm · 2009
३३.उस्तै छ देश - उस्तै छ भेष मात्र लिएर आयौ भ्रन्तिका सपनाहरु फेरि गरीबहरु/ बेरोजगारहरु तीनै सपनाहरु ओडेर सुत्छन् र सुन्दर बिहानको परिकल्पना गर्दै मर्छन् ....
May 14 at 3:10pm · 2009
३४.मेरो देश: जहाँ प्रश्नपत्र किनेर तोक्मा भिर्छ धनाढ्य विधार्थी र, गरीब छात्रले च्याँत्ने गर्छ आफ्नो इमानको सर्टिफिकेट , जहाँ अजङ्गको पहाड जस्तो जिन्दगी र, आँधिहुरीको गीत झैं जीवन ठानेर बसन्तपुरको दरबारबाट हामफाल्छे पिठ्यूँको बालक सँगै आमा ........(मे२००९)
३५.सम्पूर्ण मोह र सुखहरु त्यागेर जो निस्केको थियो दरबारबाट - प्रजाको भोक्, रोग र मृत्युको कारण खोज्न र आज फर्केको छ नाजवाफ भएर हाम्रो दैलोमा, जहाँ घरघरमा बनिसकेका छन् बारुद कारखाना र जहाँ आफ्नो मिर्गौला बेचेर तिर्नुपर्छ हर छोराहरुले बाबुको रक्सी र जुवाको ऋण ।May 9 at 1:53pm · 2009
३६.यो इन्डियन काग बारबार नेपालमा आउँछ र हाम्रो आँगनमा बिस्ट्याउँछ । पहिले यस्लाई नै धपाउँनु पर्यो - गुँलेली हान्नु पर्यो। त्यसपछि गरौला अनमिनको कुरा।(राकेश सुदका बारे)
May 6 at 8:10am 2009
३७.अन्तत: राजनीतिको घिनलाग्दो खेलको प्रदर्शन चाखलाग्दो भयो नै। एउटा ब्यक्ति विशेषको लागि त्यत्रा दलहरु एकवद्ध भए । यो एकवद्धता संविधान लेखनको लागि हुनुपर्ने। सत्ता भन्दा ठूलो जनताको संविधान होइन रैछ । माओवादीको सत्ता ढाले पनि विगतमा जनताका सामु नाङ्गी सकेका पार्टीहरुलाई के जनताले फेरि स्विकार्लान?क्रान्तिको आगोमा सल्किरहेका जनतालाई नभुल्नु लाउडाहरु!( माओवादीको सरकार गिराईए पछि )
May 4 at 1:31pm 2009·

फेसबुकका आफ्ना विचारोत्तेजक र प्रेरक दैनन्दिनीका पाटाहरू सँगालोमा उन्नुभएछ, एउटा राम्रो काम । तर म त पहिले त झुक्किएँ- तपाईँले अरू साथीभाइकै फेसबुक-टुक्काहरूलाई बटुलबाटुल पारेर सजाउनुबएको हो कि भन्ने सोचेर, माथि भूमिका पनि त केही थिएन नि !
ReplyDeleteबेलाबेला पहिल्यै पढिसकिएका भए पनि एकै एलवममा सरासर यति गहकिला कुराहरू पढ्न पाउँदा एउटा पाठक मभित्र बौरिन पायो । फेसबुक हुन त समय कटनीको मेलोमा रमाइलो मनाउने हल्काफुल्का माध्यम बन्न पुगेको छ । तर लिनेलाई यो गम्भीर कुरा रहेछ, सिर्जनशीलताको खेतबारी रहेछ भनेर तपाईँकै लगनले थाहा हुन्छ । हिमताल यस्तै रसिलो रहँदै गरोस् अनुज जी ।