Total Pageviews

Wednesday, July 15, 2009

तीन हाइकु प्रयास

(एक)

भीरको यात्रा
गणतान्त्रिक राज्य
उदास वस्ती

(दुई )

गुलाव फूल
प्रेमको उपहार
ओईलिझर्छ

(तीन )

जाजरकोट
हत्यारो राज्य सत्ता
अकाल मृत्यु

2 comments:

  1. अनुज जी, आफूलाई कवि होइन भन्नुभएको छ, तर तपाईँमा कवि-मन देखेँ मैले, मान्छे हुनुको संवेदना र न्यानो जरा पहिल्याएँ ।

    हाइकु मन परे ।

    "गुलाब फूल
    प्रेमको उपहार
    ओईलळ झर्छ"

    यसले आजको सस्तो हुँदै गएको प्रेमको तहलाई खुलस्त्याए झैँ लाग्यो ।

    मेरा ब्लगहरूका लिङ्क पनि हिमतालमा राख्‍नुभएछ, ज्यादे खुसी लाग्यो, धन्यवाद । म पनि तपाईँलाई मेरो ब्लगमा जोड्नेछु । तर लिङ्कमा डट ब्लगस्पट हुनुपर्नेमा छुटेको रहेछ । तपाईँले अरू वेबसाइटमा आफ्नो हिमताल ब्लगको लिङ्क लेख्‍ने बेलामा पनि डट नहाली लेखेको पाएँ । सच्याउने गर्नुहोला है ।

    ब्लगिङ यात्राको शुभ कामना !

    ReplyDelete
  2. धाइबा जी , यो मेरो पहिलो हाइकु प्रयास मनपराइदिनुभएकोमा धन्यवाद!अनि ब्लग एड्रेसमा यत्रो त्रुटि रैछ ,धन्न समयमा बताईदिनु भो । आभारि छु यस्को लागि पनि ।

    ReplyDelete